Logo
Logo

नागरिक उन्मुक्ति पार्टीको बैठक स्थगित


0
Shares

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्टि जनाएका श्रेष्ठले सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए । तर स्वास्थ्यमा समस्यामा आएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टीका संस्थापक रेशम चौधरीको जोडबलमा शुक्रबार नाउपाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाएको थियो । त्यसमा असन्तुष्ट श्रेष्ठले सरकारबाट फिर्ता हुन निर्देशन दिए, तर संसदीय दलले सुनुवाइ नगरेपछि केन्द्रीय समिति बैठक बोलाएका थिए । उनले सरकारबाट फिर्ता नआएमा पार्टीको विधानअनुसार कारवाही हुने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्