Logo
Logo

कुशलको उत्कृष्ट प्रदर्शनमा पीएनजीलाई हराउँदै नेपाल फाइनलमा


945
Shares

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले ४ र प्रतिस जिसीले २ तथा गुल्सन झा र आकाश चन्दले एक एक विकेट लिए । कुशलले ४ ओभरमा केवल १२ रन मात्र खर्चिएका थिए ।

विवेक यादवले पनि एक विकेट हात पारे । अब पीएनजी र हङकङबीच हुने खेलको विजेताले नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको पीएनजी कुनै समय ८९(४ को स्थितीमा थियो । तर लगातार तीन बलमा तीन विकेट गुमाएको पीएनजी संकटमा परेको थियो। शृंखलाअन्तर्गत नेपाल र हङकङबीच भएको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्