Logo
Logo

माधव नेपालसँग सहमति, प्रधानमन्त्रीलाई विश्वासको मत दिने


1.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी राष्ट्रियसभा अध्यक्षमा गठबन्धका उम्मेदवार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन तयार भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपति एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सत्ता गठबन्धनलाई सघाउन तयार भएका हुन् ।

एकीकृत समाजवादीले एक वर्ष प्रधानमम्नत्री, केन्द्रदेखि प्रदेशसम्म पावर शेयरिङ लगायतका पाँच वटा विषयमा लिखित सहमति हुनुपर्ने सर्त राखेको थियो । अध्यक्ष नेपालले उठाएका माग समेटेर पाँचै दलले हस्ताक्षर गर्ने सहमतिपछि उनी सत्ता गठबन्धनका पक्षमा मत दिन तयार भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अहिले केहिबेरमा सुरु हुँदैछ भने प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते संसद्मा विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री प्रचण्डले यही फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएका हुन् । जसमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी छन्। यी पाँच दलसँग सुविधाजनक बहुमत छ ।

सत्ताबाट बाहिरिएपछि कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन यही फागुन २२ मा फिर्ता लिएको थियो । कुनै दलले समर्थन फिर्ता लिएमा वा सरकारमा सहभागी दल विभाजन भएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्