
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ को कार्यालयमा जन्तीलाई बास बसालेपछि स्थानीयले विरोधक जनाएका छन् ।
एक स्थानीयको बिवाहमा आएका जन्ती सोमबार राति वडा कार्यालयमा बास बसेका थिए । जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेको र मंगलबार बिदा दिइएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
कार्यालय सहयोगीको घरमा विवाह परेको र वडासचीव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको वडा नं. २५ का वडाध्यक्ष चन्देश्वर साहले साहले बताए ।
वडा कार्यालयको सभाहलमा जन्ती राखिएको भन्दै उनले यही कारणले कार्यालय खोल्न अवरोध नभएको तर वडासचिव र कार्यालय सहयोगी नआउने भएपछि बन्द रहेको बताए ।
‘उहाँहरु कार्यालय जानुभएन, म पनि गइन । त्यसकारण वडा कार्यालय बन्द छ । जन्ती हलमा भएकाले कुनै समस्या परेको छैन’, वडाध्यक्ष साहले भने ।














