
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच भेटवार्ता भएको छ ।
राजदूत थम्पसनले आज बिहान कोटेश्वर पुगेर नेपालसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच भेटमा वर्तमान राजनीतिक अवस्था र नेपाल अमेरिका सम्बन्धका विविध बिषयमा संक्षिप्तमा छलफल भएको नेपालको सचिवालयले जनाएको छ ।














