Logo

यो महासंकटका बेला पार्टी र सरकार प्रभावकारी परिचालन भएन : लीलामणि पोखरेल


Published On : 25 March, 2020

 

लीलामणि पोखरेल, स्थायी कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

चीनमा कोभिड १९ को महामारी फैलिँदा पश्चिमा पुँजीवादी राष्ट्रहरूले काखी पड्काएका थिए । अमेरिकनहरूले चीन अब ‘कोल्याप्स’ भयो । अब हाम्रो एकछत्र विश्व साम्राज्य कामय हुन्छ भन्ने खाले प्रकृतिका सन्देश दिएका थिए । तर, चीनको सरकार, पार्टी, सेना, कर्मचारी र जनताबीचको अदभूत संयोजनले त्यति ठूलो संकटमा जित हासिल ग¥यो ।

कोभिड १९ विश्वको सामु चुनौति बनेर आएको छ । नेपाल अहिले ठूलो संकटमा फसिसकेको छैन । तर, संकटउन्मुख छ । सरकारको तयारीलाई कसरी हेर्नुभएको छ ?

चीनबाट निस्किएको कोभिड १९ विश्व स्वास्थ्य संगठनले गरेको विश्लेषणअनुसार ठूलो जोखिममा छ । अहिलेसम्म संसारका लगभग १९६ राष्ट्रमा फैलिसक्दा पनि नेपालमा त्यसकिसिमको प्रभाव नदेखिनु एक किसिमको सुखद पक्ष पनि हो । भएर पनि नदेखिएको हो कि, हुँदै नभएको भन्नेमा म शंकाको लाभ दिन चाहन्छु । हाम्रो राज्यप्रणाली, प्रविधिहरूको प्रयोग, हाम्रो चेन अफ कमान्ड, राज्य र जनताबीचको सम्बन्ध, राज्य र त्यस मातहतका संरचनाहरूबीचको रेडिनेश आदि कुरालाई हेर्ने हो भने संकट प्रवेश गरेपछि त्यसले भयाबह रूप लिने देखिन्छ । यद्यपि अहिले पछिल्लो चरणमा सरकार यसमा केन्द्रित भएको देखिन्छ । सक्रिय पनि भएको छ । तर, प्रारम्भमा अलि उदासिनजस्तो देखिएको थियो । अहिले बनेका क्वारेन्टाइन कति क्षमतामूलक छ, त्यो त म भन्न सक्दिनँ । लगभग तीनहजार क्षमताका क्वारेन्टाइन निर्माण भएका छन् । त्यो क्वारेन्टाइनभित्र चाहिने आवश्यक सामग्रीको पर्याप्तता कति छ ? सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने कुरा चैँ सरकारले गलत नै ग¥यो । सिधै सरकारले क्वारेन्टाइनमा राख्न सक्दैनौँ भनेर त्यसबेला स्वास्थ्यमन्त्रीले दिएको स्टेटमेन्ट बेठीक थियो । त्यो सन्देश नकारात्मक गयो । तर, पनि केही तयारीमा सरकार गएको देखिन्छ ।

यसको अर्थ राजनीतिलाई चैँ यहाँले कसरी हेर्नुभएको छ ?

चीनमा कोभिड १९ को महामारी फैलिँदा पश्चिमा पुँजीवादी राष्ट्रहरूले काखी पड्काएका थिए । अमेरिकनहरूले चीन अब ‘कोल्याप्स’ भयो । अब हाम्रो एकछत्र विश्व साम्राज्य कामय हुन्छ भन्ने खाले प्रकृतिका सन्देश दिएका थिए । तर, चीनको सरकार, पार्टी, सेना, कर्मचारी र जनता, यो पाँचैवटा संयन्त्रको संयोजन यति राम्रोसँग भयो कि त्यसले त्यति ठूलो संख्यामा रहेको कोभिड १९ को प्रभाव नियन्त्रण गर्न पनि सक्षम भयो । यो राजनीतिक प्रणालीले गरेको कमान्ड थियो ।

 

अमेरिका र युरोपमा ‘डेमोक्रेसी’को नाममा जुन प्रकारको अराजकता, जनताप्रतिको उत्तरदायित्वबाट राज्यको दोसिनता, मुनाफाकेन्द्रित पुँजीपति वर्गको बर्चश्व थियो, त्यसैको परिणाम अहिलेको भयावह अवस्था हो ।

पोलिटिकल सिस्टम, आइडियोलोजीले कमान्ड ग¥यो भने सिंगो देशलाई ठूलठूला संकटबाट पार लगाउन सकिन्छ भन्ने चीनले सिद्ध गरेर देखाएको छ । त्यहीँनेर, बेलायती नागरिकहरू भएको एउटा जहाज जहाँ कोभोडि १९ का पाँचजना संक्रमित थिए, त्यो जहाज लिन कुनै पनि पुँजीवादी देशले मानेनन् । तर, क्युवाले जहाज रिसिभ ग¥यो । तिनलाई उपचार गरायो र समाजवादले जनतालाई बचाउने सामाजिक दायित्व पूरा गर्छ भनेर देखाइदियो ।

तर, अहिले कोरोना भाइरसका कारण युरोपमा त ठूलो संकट देखिएको छ नि ?

हो । अहिले युरोप किन यस्तो अस्तव्यस्त भयो भनेर विश्लेषण गर्ने हो भने एउटा स्पष्ट वैचारिक फरक देखिन्छ । युरोपमा प्रजातन्त्रको नाममा जुन प्रकारको अराजकता थियो, जनताप्रतिको उत्तरदायित्वबाट राज्य जसरी विमुख हुँदै थियो, त्यसले मुनाफाकेन्द्रित पुँजीपति वर्गको हित मात्र संरक्षण गर्ने राज्य बन्दै थियो । जनताप्रतिको दायित्वबाट राज्यविहीन भएको जुन परिस्थिति थियो, त्यसले सामाजिक सुरक्षा र सेवा जस्ता कुरामा राज्य घनिभूत हुनुपर्ने कुराबाट राज्य अलग गराएको थियो । र, त्यसलाई व्यक्तिगत स्वतन्त्रताका रूपमा छाडिएको थियो, त्यसैको परिणाम अहिलेको भयावह परिणाम आएको हो । केही दिनअघि चीनले सहयोग गर्दा सर्वियाका राष्ट्रप्रमुखले चिनियाँ राष्ट्रपति हाम्रो दाजुका रूपमा हामीलाई बचाउनका निम्ति आउनु भयो भनेर आह्लादित भएर व्यक्त गरेको सुनियो । त्यस्तै, सिएनएनजस्तो टेलिभिजनले चीनले अहिले आफूमा कोभिड १९ नियन्त्रण गरेर युरोपमा सामग्रीसहित चिकित्सकको सहयोग पठाएको विषयलाई विशेष महत्व दिएर, चीनको यत्रो ठूलो उदारता भनेर प्रचार गर्न बाध्य भएको छ । यससँगै पुँजीवादी राष्ट्रहरू स्वतन्त्रताका नाममा जुन कुराको वकालत गर्थे, भयानक संकट आइसकेपछि जनतालाई तिनले कमान्ड गर्न सक्दा रहेनछन् भन्ने देखियो । तर, चीनले जसरी नियन्त्रण ग¥यो, त्यसले यस्ता संकटलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा पुँजीवादी राष्ट्रले चीनबाट सिक्नुपर्ने अवस्था पैदा गरेको छ ।

कोरोनासँग चीनको विजय र युरोप तथा अमेरिकाको पराजयलाई हेर्दा त्यसले चीनको वैचारिक राजनीतिक श्रेष्ठता र जनपक्षधरतालाई सिद्ध गरेको हो ?

एकदमै सिद्ध गरेको छ । त्यसको सन्देश हाम्रो नेपालभित्र पनि आएको छ । अहिले नेपालभित्र बामपन्थी राजनीतिक पार्टीभित्र पनि देखा परेको पुँजीपति स्वतन्त्रताको नाममा देखा परेको ‘डेभियसन’ लाई पनि यसले सन्देश दिएको छ । पोलिटिकल सिस्टम, आइडियोलोजीले कमान्ड ग¥यो भने त्यसले सिंगो देशलाई ठूलठूला संकटबाट पार लगाउन सक्छ भन्ने चीनले सिद्ध गरेको छ । त्यति मात्र होइन, बेलायती नागरिकहरू भएको एउटा जहाज जहाँ कोभोडि १९ का पाँचजना संक्रमित थिए, त्यो जहाज लिन कुनै पनि पुँजीवादी देशले मानेनन् । तर, क्युवाले म लिन्छु भन्यो । जहाज रिसिभ गरेर, तिनलाई उपचार गराइरहेको छ । यो केले ग¥यो भन्दा आइडियोलोजीले हो । पुँजीवादले त्यसलाई अस्वीकार ग¥यो । तर, समाजवादले जनतालाई बचाउने हाम्रो सामाजिक दायित्व हो भन्ने देखाइदियो । यो आइडियोलोजीले सामाजिक परिवर्तनका निम्ति सिंगो समाजप्रतिको दायित्वबोट देखायो । पुँजीवादले व्यक्तिगत स्वतन्त्रता र सुरक्षाको कुुरा गर्छ । अहिले यसैको नामममा कयौँ पुँजीवादी राष्ट्रहरूले औषधि बेचेर पैसा कमाउने सोच पनि बनाएका होलान् । तर, समाजवादी दृष्टिकोण राख्नेहरू सेवा, सिंगो समाजको परिवर्तनको कुरालाई अगाडि ल्याएका छन् । त्यसैले विश्वलाई नै एउटा नयाँ ध्रुविकरणको अवस्था यसले ल्याएको छ ।

यो महाविपत्तिसँग कसरी लड्ने भनेर पार्टीभित्र छलफल चलाउनुपर्दथ्यो । केन्द्रीय कमिटीको बैठक बोलाउनुपथ्र्यो । त्यो ठूलो हुन्छ भन्ने लागेको भए, स्थायी कमिटी बोलाउनुपर्दथ्यो र सिंगो पार्टीलाई परिचालन गर्ने कार्यक्रम तय गर्नुपर्दथ्यो । पार्टीमा नौ लाख कार्यकर्ता छन् । तिनलाई प्रशिक्षित गराएर हरेक जनताको घरदैलोमा पुगेर कोरोना भाइरससँग कसरी जोगिने भन्ने सन्देश फैलाउन सकिन्थ्यो । त्यो नगर्नु भनेको जनताप्रतिको उत्तरदायित्वबाट उदासिन हुनु हो ।

चीन जनउत्तरदायित्वबाट विमुख भएन । बरु, सिंगो पार्टी परिचालन ग¥यो । जसले ठीक ढंगले काम गरेन, त्यसलाई कारबाही ग¥यो । हामीले न पार्टी न सरकारका अंगलाई प्रभावकारी परिचालन गरिरहेका छौँ । तर, हामीले न पार्टीलाई प्रशिक्षित ग¥यौँ, न सरकारका अंगलाई ठीक ढंगले परिचालन ग¥यौँ ।

तर, सुरुआती दिनमा कोरोना भाइरस संक्रमण चीनमा फैलँदै गर्दा चीन आर्थिक रूपमा ध्वस्त हुन्छ भनिएको थियो नि ?

त्यो भनाइ अमेरिकालगायतका पुँजीवादी राष्ट्रबाट आएको थियो । कोरोना भाइरससँगको लडाइँमा फसेर चीन अब आर्थिक रूपले ध्वस्त हुन्छ भनेका थिए । अमेरिकाले त अब मसँग प्रतिस्पर्धा गर्ने कुनै पनि राष्ट्र आउँदैन भनेर करिब करिब त्यस्तो सन्देश जानेखाले प्रतिक्रिया दिएकै थियो । तर, अहिले जसरी गयो यसले धनी–गरिब भन्ने रहेनछ । कारोना भाइरसले त शक्तिशाली राष्ट्र र कमजोर राष्ट्र भन्ने रहेनछ । अब अहिले चीनले विचारका आधारबाट त्यसलाई सिंगो राष्ट्र एकीकृत भएर नियन्त्रण पनि ग¥यो, अब चीनमा आर्थिक विकासको महाअभियान सुरुआत हुने देखिँदैछ । पुँजीवादी राष्ट्रहरू जब धरासायी हुन्छन्, उनीहरू उठ्न सक्दैनन् । १२, १५ वर्षअघि जब अमेरिकी अर्थतन्त्र ‘रिसेशन’मा गएको थियो, त्यसबेला चिनियाँ लगानीकर्ताले नै अमेरिकी बैंकहरूमा लगानी गरेका थिए र त्यहाँको अर्थतन्त्र जोगिएको थियो । यतिबेला सिंगो पुँजीवादी विश्व एकातिर र चीनले नेतृत्व गर्ने विश्व अर्कोतिर हुन सक्ने सम्भावना देखिँदैछ । कोभिड १९ को अन्त्यसम्ममा जाँदा त्यो स्थिति देखापर्दछ ।

जसरी ध्रुविकरणको कुरा यहाँले गर्नुभयो, त्यो बहस अगाडि बढ्दै जाँदा पुँजीवादी मुलुकहरूमा हामीले अंगालेको वैचारिक लाइन सही होइन भन्ने अवस्था आउँछ त ?

पुँजीवादीहरूले नियन्त्रण गरेका र संसारभर वित्तीय पुँजीवादले नियन्त्रण गरेर राज्यलाई नै प्यारालाइज गरेको अवस्था हेर्दा ती राज्यहरू सजिलै फर्कन गाह्रो छ । तर, हिजो समाजवादी अभ्यास गरेका, आज विस्तारै ‘डेभियट’ भएर गएका सर्भियाजस्ता राज्यमा त्यो आउन पनि सक्छ । सर्भियाजस्ता मुलुकले अहिले चीनको यति प्रशंसा गरेको छ, चीनको राष्ट्रिय गीत बजाएर, चीनको राष्ट्रिय झन्डा फहराएर, चिनियाँ गीत गाएर बसेका छन् । इटाली, स्पेनमा पनि त्यही अवस्था बन्दैछ । एकैपटक सबैतिर परिवर्तन त नआउला, तर जनताप्रतिको उत्तरदायित्वको समाजवादी धारको नयाँ बहस त सुरु गर्दछ ।

भनेपछि, त्यो बहसको वातावरण बनेको छ ?

अवश्य पनि । अहिले जुन अवस्था बनेको छ, त्यसले एउटा ठूलो बहसको सिर्जना अवश्यक गर्नेछ ।

ठूलो संकट समाधान गर्न हाम्रो उत्तरको छिमेकी चीनले जसरी काम ग¥यो, त्यो काम हामीले किन गर्न सकेनौँ । किनभने, यहाँ पनि कम्युनिष्ट पार्टीको दुईतिहाइको सरकार छ । झन्डै नौ लाख कार्यकर्ता भएको पार्टी छ । तर, खै त पार्टी परिचालन, सरकार परिचालन ?

यही नै सबैभन्दा दुर्भाग्यपूर्ण स्थिति छ । हाम्रो पार्टी परिचालनमा देखापरेको सबैभन्दा ठूलो संकट यही हो । यत्रो महाविपत्ति हाम्रो टाउकोमा आउँदैछ भनेर अहिले आएर हामी अनुभूति गरिरहेका छौँ । विश्वले पनि नेपाल ठूलो जोखिममा छ भने भनिरहेको छ । तर, हाम्रो पार्टीको केन्द्रीय कमिटीको बैठक बस्दैन । ल मान्नुस्, केन्द्रीय कमिटी ठूलो छ रे । हाम्रो स्थायी समिति छ नि । त्यसलाई २५ जना एकठाउँमा भेला हुनु हुँदैन भन्ने नाममा अकर्मण्य बनेर बस्ने कुरा ठीक भएन । जम्मा ४५ जना त हो । ४५ जनाको स्थायी कमिटी बैठक बसेर यो महाविपत्तिको कसरी सामना गर्ने, कसरी पार्टी परिचालन गर्ने भन्नेबारे सोच्नुपर्दथ्यो । त्यो नसोचिनु जनताप्रतिको उत्तरदायित्वबाट उदासिन भएको देखिन्छ । चीनले यस्तो गरेन । चीनले त सिंगो पार्टी परिचालन गरेको छ । जसले ठीक ढंगले काम गरेन, त्यो जुन तहको नेतृत्व भए पनि त्यसलाई बदलेको छ, कारबाही गरेको छ । त्यसकारण चीन एउटा राज्यव्यवस्था र सिंगो समाजवादी निर्माणको दिशामा भएकाले त्यही ढंगले त हामी नबुझौँ । फेरि पनि, हामीसँग सरकार छ । पार्टी छ । सरकारका विभिन्न अंग छन् । यतिबेला संकटका लागू गरेर ती अंगलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्दथ्यो । पार्टीका आम कार्यकर्तालाई प्रशिक्षित गरेर जनताका बीचमा यसबाट जोगिने उपायहरूका सन्दर्भमा अभियान चलाउनुपर्दथ्यो । भारतसँग हाम्रो खुला सीमा छ । ती नाकाबाट दैनिक हजारौँ नेपाली फर्किए । भारतमा कोरोना देखिएको मात्र नभई त्यसबाट मान्छे मरिसकेको अवस्था थियो । त्यस्तो देशबाट हजारौँ नेपाली फर्किंदा तिनको स्वास्थ्यपरीक्षण राम्रोसँग हुन सकेन । तिनलाई क्वारेन्टाइनमा राख्न सकिएन । त्यसैले अबको परिस्थिति झन भयाबह हुने हो कि भन्ने डर छ ।

प्रस्तुतिः छविरमण अधिकारी

प्रतिक्रिया दिनुहोस्