काठमाडौं । एक महिनादेखि बेपत्ता भएकी एक युवतीको हत्या भएको खुलेको छ । काठमाडौंको तारे भीरमा हत्या गरेर पुरेको अवस्थामा ती युवतीको शव भेटिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार १२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको हो । उनको हत्या भएको प्रहरीको प्रारमिभक अनुसन्धानमा देखिएको छ ।
फागुन २५ मा शव उत्खनन् गरेर उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मृतक लामाको शव हात बाँधेर गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । गत माघ २२ गते घरबाट ‘क्याम्पस जान्छु’ भनेर हिँडेकी उनी नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए ।














