काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसलाई जवाफ फर्काएको छ ।
बुधबार प्रतिनिधिसभामा कांग्रेस सचेतक सुशीला थिङ र रास्वपा उपसभापति स्वर्णिम वाग्लेबीच सवाल–जवाफ भएको हो ।
बैठक सुरु हुनसाथ कांग्रेस सचेतक थिङले सहकारी ठगीमा संलग्नलाई गृहमन्त्री बनाएर प्रधानमन्त्रीले उथलपुथल गरेको भन्दै रास्वपा सभापतिसमेत रहेका उप्रधान एवं गृहमन्त्रीमाथि व्याग्य गरेका थिए ।

सचेतक थिङले भनेका थिए– ‘उहाँ (प्रधानमन्त्री)कै भाषामा भन्न चाहन्छु, उहाँले सहकारी ठगीमा जोडिएका र पोखरा महानगरले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकलाई गृहमन्त्री बनाएर ल्याउनुभएको छ । साँच्चिकै उथलपुथल गर्नुभएछ ।’
त्यसको जवाफमा रास्वपा उपसभापति वाग्लेले गृहमन्त्री बन्दा आफ्नो पार्टीको सभापतिको नैतिकता खोज्ने कांग्रेसले प्रधानमन्त्री अफर गर्दा भने बिर्सेको बताए । उनले भने, ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो नि ।’
नले प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागी हिँड्नुपरेको छ भन्दै कांग्रेसप्रति ब्यंग्य गरे । उनले भने, ‘यहाँ डर छ, भागिभागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, च्याप्प समातेर उपप्रधानमन्त्री बनाइदेलान् भागीभागी हिँड्नुपर्या छ ।’
कांग्रेस नेताहरुलाई आफू प्रमाणबिना बोल्दिन भन्ने थाहा रहेको भन्दै वाग्लेले प्रधानमन्त्रीको प्रस्ताव आएको कुरा सत्य भएको जिकिर गरे । उनले भने, ‘कांग्रेसले गरेको (प्रधानमन्त्रीको प्रस्ताव) छैन भन्ने हो भने हामी सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्नै हिँड्ने कुरा भएन ।’














