Logo
Logo

‘सक्नुहुन्छ भने कांग्रेस-एमाले मिल्नुस्, सबै मिलेर टाउकै काट्न खोज्दा त डराइनँ’


693
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अघि बढी घोचपेच गरेको महसुस गरेको बताएका छन् ।

विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले ठूलो दलहरू मिले तेरो हालत के हुन्छ भनेर आफूलाई दबाबमा राख्न खोजेको बताए ।

उनले भने, ‘ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो, आज पनि भनियो, मेरो त कामना छ, तपाईँहरू मिल्नुस् । तपाईँहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा संविधानको पक्षमा, राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिरहन्छ ।’

प्रचण्डले हिजो मिलेर टाउको काट्न खोजेको बताउँदै ठूलाहरु दल मिल्दा आफू नडराउने बताए । 

उनले भने, ‘हिजो त तपाईँहरू सबै मिलेर टाउकै काट्न खोजेको हो नि, डराउँछ माओवादी केन्द्र भन्नु ठान्नु भएको होला । त्यस्तो हुँदैन । सक्नु हुन्छ मिल्नुहोस् ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले संवाद गरौँ भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई राखेको प्रस्ताव स्मरण गर्दै उनले भने, ‘यहाँ पूर्व प्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा एउटा मर्मका साथ प्रयोग गर्नुभयो । उतापट्टी माननीय पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभो ।’

‘बोल्नुस्, म भन्छु, बोली फुकाउनुस् । बनाउनुस् सहकार्य,’ उनले भने, माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’

आफूलाई फाइदा हुुन्छ, राजनीतिक रुपमा हित हुन्छ भने मिल्न र त्यस्तो हुँदैन भन्ने लागेमा गठबन्धन छोड्न हरेक दल स्वतन्त्र रहेको उनले बताए ।

उनले को राजनीतिक दल कोसँग मिल्ने भन्नका लागि स्वतन्त्र रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्