Logo
Logo

एमाले रोल्पाको अध्यक्षमा बुढामगर


441
Shares

काठमाडौं । नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर बिजयी भएका छन । नेतृत्व चयनका लागि भएको रोल्पाको सातौं जिल्ला अधिवेशनबाट बुढामगर अध्यक्ष निर्वाचित भएका हुन ।   

अध्यक्षका लागि बुढामगर र घनश्याम आचार्य प्रतिस्पर्धामा थिए । उनीहरुबीच सर्वसम्मतको प्रयास गरिएको थियो । तर, उक्त प्रयास असफल भएपछि मतदान गरिएको थियो । बुढामगरले १९५ मत ल्याएका थिए भने आचार्य ११२ मतमा सिमित हुन पुगेका थिए ।

उपाध्यक्षमा विजयकुमार घर्तीमगर सर्वसम्मत भएका छन् । उता, सचिवमा नेपबहादुर थापा विजयी भएका छन्, थापाले १८२ मत ल्याउँदा उनका प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मतमा सिमित हुनु परेको थियो । उपसचिवमा बमबहादुर पुन, महिला उपसचिवमा रमिता डाँगी बिजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्