मोरङ । यात्रु लिएर *धरानबाट भोजपुर जाँदै हिँडेकोबलेरो बिहीबार उदयपुरको बेलका नगरपालिका–७ मा दुर्घटना भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार अग्लो भीरबाट बोलेरो गाडी खसेको हो ।
घटनास्थलमा एक महिला र बच्चाको शव फेला परेको छ । तर, मृतकहरुको पहिचान खुल्न बाँकी रहेको उनले बताए । मृतकको संख्या बढ्न सक्ने उनको भनाइ छ ।
घटनास्थलबाट प्रहरीले उद्धार गरेर ७ जनालाई उपचारका लागि धरानतर्फ पठाइएको खापुङले जानकारी दिए । भोजपुरको हसनपुर प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको उनले बताए । बोलेरो भीरबाट निक्कै तल पुगेकाले नम्बर खुल्न नसकेको छैन ।
*सम्पादन गरिएको














