Logo
Logo

बलेरो दुर्घटना अपडेट : सात जनाको मृत्यु, ७ घाइते


819
Shares

धरान । धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । धरानबाट जाँदै गरेको को१ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो ।

इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका अनुसार दुर्घटनामा ७ जना घाइते भएकाछन् । उनीहरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई खड्गबहादुर श्रेष्ठले बताए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्