Logo
Logo

कपनबाट हराएकी किशोरीको शव पशुपतिमा भेटियो


6.2k
Shares

काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रको जंगलमा एक किशोरीको शव भेटिएको छ । केहि दिनदेखि हराइरहेकी १९ वर्षीया सुस्मिता थापाको शव आज बिहान गोरखनाथ मन्दिरमाथिको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेका अनुसार मर्निङवाक गर्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको हुनसक्ने देखिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

सिन्धुली घर भएकी उनी बालुवाखानी, कपनमा बस्ने गर्थिन् । केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी उनी वेपत्ता भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्