
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संबाद हुँदैछ । नेपाली सिने जगतका महानायक राजेश हमालले पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अधयक्ष ओलीसँग सिनेमा संबाद गर्न लागेका हुन् ।
सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संबाद हुन लागेको हो । सो संबाद राष्ट्रियसभा गृह प्रदर्शनीमार्गमा बिहान ११ः३० बजे देखी सुरू हुने आयोजकले जनाएको छ । नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्रीसँग सिनेमा संबाद हुन लागेको हो ।














