Logo
Logo

विवेकशील साझा पार्टीका अध्यक्षसहित ९ जना पक्राउ


7.4k
Shares

काठमाडौं । प्रहरीले विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जनालाई पक्राउ गरेको छ । राजधानीको माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

माइतीघर क्षेत्रबाट पक्राउ पर्नेमा केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, नेताहरू सकिल अहमद, उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारी लगायत समेत रहेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।
माइतीघर मण्डलााई निषेधित क्षेत्र घोषणा गरेर शान्तिपूर्ण भेला गर्न पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय भएको परियारले बताए ।

पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न पनि उनले माग गरे । पक्राउ परेकाहरू सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । यस्तै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विवेकशील साझा पार्टीका नेताहरु पक्राउ परेकोप्रति पार्टीले घोर भर्त्सना गरेको छ ।

माईतीघर मण्डला लगायत निषेधाज्ञा क्षेत्र खुला राख्नु पर्ने, सहकारी पिडीतहरुको समस्या समाधान गर्नु पर्ने लगायत माग राखी प्रदर्शनमा उत्रिएका विवेकशील साझा पार्टीका नेताहरुलाई प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी बृत्तमा राखेकोप्रति विवेकशील साझा पार्टीले घोर भर्त्सना ब्यक्त गरेकोछ ।

प्रहरी धरपकड र पक्राउ शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हक विरुद्ध भएको पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारले वताए । परियारका अनुसार वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टी कल्याणकारी लोकतन्त्रलाई आत्मसात गर्दै अघि वढीरहेको दल हो ।

प्रतिक्रिया दिनुहोस्