
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले बाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीम ढकालले जानकारी दिए ।
उनले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए । दिपेश सुन तस्करी प्रकरण र सहकारी ठगी प्रकरणमा मुछिएका थिए । उनलाई रूपन्देही लैजाँदै गरेको स्रोतले बताएको छ । पुनलाई प्रहरीले कुन मुद्दा पक्रेको हो खुलाएको छैन ।
६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको थियो । यस्तै, बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि उनको नाम मुछिएको थियो ।














