Logo
Logo

भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको मृत्यु


504
Shares

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी दलकुमार राईका अनुसार आँगनमा खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोमा परेका थिए ।

यस्तै, भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा पनि शनिबार आगलागी हुँदा ६ वटा घरगोठ जलेका छन् । जंगलको डढेलो बस्तीमा पस्दा ती घर जलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको अर्को एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

सूचना अधिकारी राईले जंगलबाट सुरु भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको थियो । सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आगो निभाउन परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्