Logo
Logo

नेसपाको बैठक आज, महिन्द्र समूहले बहिस्कार गर्ने


1k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक मध्याह्न १२ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने भएको हो ।

अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा परामर्श नगरी बैठक बोलाएको भन्दै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले यो बैठक बहिस्कार गर्ने भएको छ । सो समूहले शनिबार नै माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरिसकेको छ ।

यो समूहले सिंगो नेपाल समाजवादी पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको बताए पनि पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई एकताको विपक्षमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्