Logo
Logo

लगानीकर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्छ : अर्थमन्त्री


504
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । आइतबार नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् ।

उनले ठूला ऋण लगानी गर्दा भएका विगतका कमीकमजोरीलाई भविष्यमा नदोहो¥याउने प्रतिविद्धतासहित अघि बढ्न समेत सुझाव दिए ।

अर्थमन्त्री पुनले लगानी कोषले गरेका लगानीहरूमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताउँदै उनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने बताए ।

विगतमा भएका कामको आलोचना गर्नेभन्दा पनि भएका कमजोरीलाई सुधारेर जान सक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने उनको भनाइ छ ।

अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको पनि बताए । अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धीकरण गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै उनले प्रशासन संयन्त्रमा पनि शुद्धीकरण जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्