Logo
Logo

टिप्परले च्यापिएका चालकको घटनास्थलमै मृत्यु


4.4k
Shares

नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ३ सालघारीमा टिप्परले च्यापिएका चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी– ३ सालघासीको भित्री सडक खण्डमा पाल्पाबाट सिमेन्ट कम्पनीको चुनढुङगा लोड गरी आउँदै गरेको लु १ क ५२८१ नम्बरको टिप्पर नियन्त्रण गुमाई सडकदेखि ४० मिटर तल खसेको हो ।

दुर्घटनामा परी टिप्पर चालक नवलपुरको गैंडाकोट नगरपालिका– १३ बेल्डिहा बस्ने २७ बर्षीय बलिराम महतोको घटनास्थलमै ज्यान गएको हो । टिप्परभित्रै च्यापिएर रहेको अवस्थाका चालकलाई उद्धारका लागि जिसिबीसहित इलाका प्रहरी कार्यालय र प्रहरी चौकी सर्दीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले झण्डै १ घण्टा लगाएर उद्दार गरेको थियो । घटनास्थल दुम्किबास बजारबाट २० किलोमिटर उत्तरमा पर्दछ । मृतकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइँदै छ ।

प्रतिक्रिया दिनुहोस्