Logo
Logo

अर्घाखाँचीमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, एक गम्भीर


441
Shares

काठमाडौं । अर्घाखाँचीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नं २ सितापुर झिर्रामा माटो लिन गएका दुई जना महिला माटोको ढिस्कोले पुरिएका थिए ।

साथीहरू मिलेर घर लिपपोतका लागि माटो लिन गएका मध्ये २ जना माटोको ढिस्को खसेर पुरिएको स्थानीयले बताएका छन् ।

पुरिएका मध्ये शितगंगा–२ झिर्रा निवासी ४० वर्षीय शारदा अधिकारीको मृत्यु भएको सितगंगा नगरपालिका वडा नं २ का वडाध्यक्ष रामबहादुर गोर्खा क्षेत्रीले बताए ।

उनीसँगै पुरिएका ३८ वर्षीया राधा अधिकारीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि बुटवल रिफर गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्