Logo
Logo

जसपाको मधेश प्रदेशस्तरीय तीनदिने प्रशिक्षण


504
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। जसपाले महोत्तरी जिल्लाको रामगोपालपुरमा शनिवार तीनदिने प्रशिक्षण दिन थालेको हो।

मधेश प्रदेश समिति पुनर्गठन भएपश्चात गर्न लागिएको महाधिवेशनलक्षित प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापालगायतका नेताहरु प्रशिक्षक रहेका छन्।

सोही अवसरमा कविलासी नगरपालिकाका पूर्वमेयर कौशलकुमार यादव आज (आइतवार) जसपा प्रवेश गरेको मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर यादवले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्