Logo
Logo

जनमतले पहिचान पक्षधर आन्दोलनको नृतृत्व गर्ने


504
Shares

काठमाडौं । जनमत पार्टीले कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने भएको छ । पार्टीका अध्यक्ष सीके राउतको अध्यक्षतामा दुई दिन वीरगंजमा बसेको जनमत पार्टीको केन्द्रीय समितिले कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले गरेको निर्णयमा भनिएको छ, ‘प्रदेश १ मा चलिरहेको पहिचान आन्दोलनको मर्म बमोजिम पहिचानसहितको प्रदेश सीमाकंन तथा नामाकंन गर्न आन्दोलनको नेत्तृत्व गर्ने निर्णय गरिएको छ ।’

यस्तै, मधेश–थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमाकंन तथा नामाकंन परिवर्तन गराउन नेत्तृत्व गर्ने निर्णय समेत गरेको छ ।

प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐन कानूनहरू चाँडै निर्माण गराउन पहल गर्ने समेत केन्द्रीय समितिले निर्णय गरेको छ।

आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने जनमतको केन्द्रीय समितिले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्