Logo
Logo

यी हुन् युक्रेनले सार्वजनिक गरेकाे ५ नेपाली युद्धबन्दी


819
Shares

काठमाडौं । युक्रेनी सेनाले बन्दक बनाइएका ५ नेपालीसहित ८ जना विदेशी सैनिकलाई सार्वजनिक गरेको छ ।

रुसी सेनामा भती भई युक्रेनसँग युद्ध लड्न पुगे राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछानेलाई युक्रेनले बन्दी बनाएको थियो ।

युक्रेनी सेनाले सार्वजनिक गरेकामा ५ नेपाली, तीन क्युबाली तथा एक–एकजना सोमालिया र सियरालियोनाका नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तेस्रो देशका नागरिक युद्धमा सामेल नहुन् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरिएको युक्रेनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्