
काठमाडौं । लोकसेवा आयोग कोशी प्रदेशले चौथो र पाँचौं तहमा दरखास्त माग गरेको छ । आयोगले एक सूचना जारी गर्दै प्राविधिक तथा अप्राविधिकतर्फ चौथो र पाँचौं तहमा दरखास्त आह्वान गरेको हो ।
आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ । अनलाइनमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
















