Logo
Logo

चक्रपथ सडक स्तरोन्नति छिटो गर्न माग


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौँको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले काठमाडौँको लाखौँ नागरिकको जनजीवन र स्वास्थ्यसँग जोडिएको चक्रपथ निर्माणका लागि सम्झौता भएको ६ वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेको भन्दै तत्काल सम्भाmैता कार्यान्वयन गर्न माग गरेका हुन् ।

उनले काठमाडौँमा ट्राफिक व्यवस्थापनका लागि पनि विष्णुमति करिडोरलगायत सडक तत्काल निर्माण गर्न माग गरे । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले डोटीको सेती नदी नियन्त्रणका लागि माग गरे । नेकपा (एमाले) का सांसद निर्मला कोइरालाले मधेस प्रदेशको विकासका लागि कृषिलाई प्राथमिकतामा राख्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्