
काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सहकारी ठगीका सम्बन्धमा छानबिन गर्न आयोग बनाउनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेरले विभिन्न सहकारीको रकम ठगी भएको भी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।
‘सहकारी आन्दोलनलाइ संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवारपूर्वक (दोषी) खोजी गर्नुपर्छ,’ उनले भने, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु–तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔं ।’
साथै सरकारले कुन सामाजिक सहकारी हो र कुन दैनिक रकम संकलन गर्ने सहकारी संकलन गर्ने हो छुट्याउनुपर्ने उनले बताए । सहकारीका ऋणीहरुको पनि अध्ययन गर्नुपर्ने उनको भनाई छ ।














