Logo
Logo

गल्याङ नगर अस्पतालमा प्रसूति सेवा सुरु


819
Shares

गल्याङ (स्याङ्जा) । घरमै सुत्केरी गराउने प्रचलनलाई शून्यमा पु¥याउन गल्याङ नगरपालिकाले गल्याङ नगर अस्पतालमा सुरक्षित प्रसूति सेवा विस्तार गरेको छ । जनचेतनाको अभाव र नजिक स्तरीय प्रसूति सेवा नहुँदा गल्याङ नगरपालिकाका स्थानमा घरमै जोखिमपूर्ण सुत्केरी गराउने प्रचलन कायम छ ।

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जोखिमपूर्ण सुत्केरी गराउने अवस्थाको अन्त्य गर्न र स्तरीय प्रसूति सेवाको अभावमा अकालमै ज्यान जाने अवस्थाको अन्त्य गर्न नगर अस्पताल मार्फत प्रसूति सेवा सुरु गरेको बताए । उनका अनुसार संघीय सरकार र स्थानीय सरकारको साझेदारमा करिब एक करोड खर्चेर प्रसूति गृह निर्माण गरिएको छ ।

‘नगरपालिकाले गर्भवती र सुत्केरीका लागि विभिन्न जनचेतनामूलक र पोषण सम्बन्धी कार्यक्रम गर्ने गरेको छ तर पनि सानो संख्यामा घरमै सुत्केरी गराउनेहरू छन’, उनले भने, ‘गल्याङ नगर अस्पतालमा प्रसूति सेवा सञ्चालन गरेपश्चात घरमै सुत्केरी हुने झिनो संख्या पनि शून्यमा झर्ने छ ।’

‘यहाँ स्तरीय अस्पताल नहुँदा नागरिकको अकालमै जान जाने समस्या थियो”, नगरप्रमुख भट्टराईले भने, ‘नागरिकको स्वास्थ्य र आवस्यकतालाई मध्येनगर गर्दै अस्पतालले थप सेवा बढाउदै लगेको छ ।’

सामान्य स्वास्थ्य समस्या आए पनि पाल्पा, पोखरा, र बुटवल पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न २०७६ भन्दै सालमा गल्याङ नगर अस्पतालको स्थापना गरिएको थियो । यहाँ गल्याङ, वालिङ, चापकोट, कालीगण्डकी, पाल्पाको रम्भा, वगनाशकारी, गुल््मीको कालीगण्डकी, पर्वतको विहादी लगायतका स्थानबाट उपचारका लागि आउने गरेका छन् ।

गल्याङ बजारकी स्थानीय प्रतिमा भट्टराईले गल्याङ नगर अस्पतालमा सरक्षित प्रसूति सेवा विस्तार हुँदा गर्भवती र सुत्केरीलाई लाभ मिलेको बताउनुभयो । ‘आर्थिक अभावमा सुत्केरी गराउन टाढाका अस्पताल लैजाने खर्च नहुँदा कतिपयको अकालमा ज्यान जाने गरेको थियो’, उनले भने, ‘अब गल्याङ बजारकै अस्पतालमा प्रसूति सेवा सुरुभएपछि सामान्य परिवारले पनि सेवा लिएर ज्यान बचाउन पाउँने भए ।’

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद ओलीले गल्याङ नगरपालिका अन्तरगत मालुङ्गा, पिँडीखोला, तुल्सीभञ्ज्याङ स्वास्थ्य चौकी र गल्याङ नगर अस्पतालमा सुरक्षित प्रसूति सेवा उपलब्ध भएको बताए । ती स्वास्थ्य संस्था मध्ये तुलसीभञ्ज्याङमा सुत्केरी हुनका लागि सेवाग्राही खासै नपुग्ने ओलीले बताए । करिब एक वर्षको अवधिमा चार जना घरमै सुत्केरी भएको बताए । आर्थिक अभाव र जनचेतनाको कमिले उनीहरू घरमै सुत्केरी भएको हुन सक्ने ओलीको भनाइ छ ।

हाल अस्पतालले आकस्मिक सेवा, सामान्य शल्यक्रिया, यौन, छाला, नाक, कान, घाँटी, पेट, छाती, मुटु, स्त्री रोग, बाल रोग, प्रसूति, दन्त रोग, नशा, हाड जोर्नी, बाथ रोग, मानसिक रोग, फिजियो थेरापी, ल्याब, नेबुला जर, अल्ट्रासाउन्ड, ऐक्सरे, फार्मेसी, स्वास्थ्य बिमा, रिफर, एम्बुलेन्स लगायतका सेवा सञ्चालन नियमित प्रदान गरेका अस्पतालका प्रमुख गुनेन्द्र रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्