Logo
Logo

क्यान्सर पीडित सुखमान राईलाई आर्थिक सहयोग हस्तान्तरण


4.7k
Shares

काठमाडौं । क्यान्सर पीडित सुखमान राईलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। सुखमान राई बचाऊ अभियानबाट संकलन भएको २ लाख १९ हजार ४३९ रुपैयाँ चेकमार्फत र बाकी रकम ३ हजार ५०० नगद गरी जम्मा २ लाख २२ हजार ९३९ हस्तान्तरण गरेको हो ।

समाजसेवी चन्द्रकुमार राई, केदार आले मगर, ईश्वर बन्जारा, बबिता राईलगायत उक्त आर्थिक सहयोग हस्तान्तरण गरेका थिए। खोटाङ्गको बराहपोखरी गाउँपालिका- २ साकुमा स्थाई घर भएका राई विगत ४ वर्ष अगाडी चौदण्डीगडी नगरपालिका वडा नम्बर ८ वीरेन्द्र बजारमा बसाई सरेका थिए ।

लामो समयदेखि क्यान्सरबाट पीडित भएका राईको आर्थिक अवस्था कमजोर भएका कारणले उपचार गर्नको लागि समस्या भएपछि आर्थिक सहयोग अभियान संचालन गरेको छोरी निशा राईले जानकारी दिइन् ।

संकलन अभियानमा केदार कुमार मगर, ध्यान कुमार राई, ईश्वर बन्जारा, प्रकाश बन्जारा, हरि श्रेष्ठ, सन्देश मगर, पुकल श्रेष्ठलगायतको विशेष भूमिका  रहेको उनले बताइन ।

आर्थिक सहयोग हस्तान्तरण गर्ने क्रममा चन्द्रकुमार राईले सामाजिक सञ्जालको विकाससँगै यस्ता आर्थिक सहयोग अभियान पनि विकास हुँदै आएको बताए । आफू पनि क्यान्सर पीडित भएको सुनाउँदै सबै मिलेर सहयोग गर्दा उपचार गर्न टेवा पुग्ने बताए । समाजसेवी राईले आफ्नो जन्मिएको गाउँको लागि सामाजिक कार्यहरू यसरी नै गर्दै आएको बताए ।

त्यस्तै, समाजसेवी केदारकुमार मगरले पनि आफ्नो नेतृत्वमा लामो समयदेखि नै आर्थिक सहयोग अभियान चलाएर सहयोग गर्दे आएको बताए । सबै मिलेर गाउँ, समाज र आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको लागि सहयोग गर्दै आएको बताए । त्यस्तै उनले अभियानलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद दिए ।

आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको लागि आर्थिक अभियान लगाउँदै आएको र यस अभियानलाई पनि आफूहरूले मिलेर आर्थिक सहयोग उठाउन सफल भएको ईश्वर बन्जराले बताए । जुनसुकै अभियान संचालन भए पनि आफूले सक्ने सहयोग गर्ने बताए ।

यस अभियानमा जोडिएका अभियन्ताहरूले यस अगाडी पनि धेरै आर्थिक कमजोर भएका बिरामीहरूको लागि आर्थिक सहयोग अभियानबाट सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्