Logo
Logo

शान्तिनगरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जना घाइते


567
Shares

काडमाढौं । काठमाडौंको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । तीनकुनेबाट बानेश्वरतर्फ आउँदै गरेको मोटरसाइकले बुधबार बिहान पैदलयात्रीलाई ठक्कर चालकसहित तीन जना घायते भएका हुन् ।

घाइते हुनेहरुमा पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी, काभ्रेकी २६ वर्षीया विमला तामाङ र मोटरसाइकल चालक काभ्रेका ३२ वर्षीय देवकुमार तामाङ छन् ।

जेब्रा क्रसिङबाट बाटो काट्दै गरेका शिवाकोटी र तामाङलाई मोटरसाइकलले बिहान साढे ५ बजेतिर ठक्कर दिएको वानेश्वर प्रहरी वृत्तले जनाएको छ । घाइते तीनैजनाको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्