Logo
Logo

प्रधानमन्त्री प्रचण्डलाई भेट्दै आईसीसीका अध्यक्ष


315
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले आज प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई भेट्ने भएका छन् ।

नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले आज साढे २ बजे प्रधानमन्त्री प्रचण्डलाई भेट्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदम खड्काले बताए । ग्रेग बार्कलेले आजै अर्थमन्त्री वर्षमान पुनसँग पनि भेट गर्दैछन् । तर अर्थमन्त्रीसँग समय भने पक्का भएको छैन ।

यसअघिघ बार्कलेले मंगलबार टीयु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान निरिक्षण गरेका थिए । सो क्रममा उनले दुवै मैदान बातावरणीय रुपमा राम्रो भएको बताउँदै सरकारले थप भौतिक संरचनामा लगानी गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्