
काठमाडौं । सरकारले १० पर्वतारोहीलाई जुगल हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा सात कोरियाली र तीन जना नेपालीलाई सलामी दस्तुर तिर्न नपर्ने निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले कोरियाली सातजना र नेपाली जना तीनजना गरी दश जना पर्वतारोहीलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ (६५९१ मिटर) र जुगल– २ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय भएको जानकारी दिए ।














