Logo
Logo

भूकम्पबाट ध्वस्त नगरका संरचना एनआरएनएले पुनर्निर्माण गरिदिने  


126
Shares

काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले भूकम्पबाट ध्वस्त भएका दुई नगरपालिकाको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ ।  गत कात्तिक १७ गते गएको भूकम्पबाट सबैभन्दा बढी क्षति भएको जाजरकोटको भेरी र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको पुनर्निर्माण गर्ने भएको हो ।

काठमाडौँमा हालै सम्पन्न संघको वार्षिक साधारण सभामा दुवै नगरपालिकाको पुनर्निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा संघका संरक्षक डा. शेष घले, अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरेका छन् भने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रमपछि बोल्दै संघका अध्यक्ष कुँवरले आफूहरूले भूकम्पबाट सबैभन्दा बढी क्षति पुर्‍याएको दुई नगरपालिकाको पुनर्निर्माण सहयोग गर्न लागेको जानकारी दिए । उनले आफूहरूलाई काम गर्ने वातावरण बनाइदिन समेत नगर प्रमुखसँग आग्रह गरे ।

‘हामीहरूलाई अरू केही चाहिँदैन, हामीलाई सहजपुरमा काम गर्ने वातावरण बनाइदिनुहोला । नेपालमा राम्रो काम गरौँ भन्दा पनि अवरोध भएका अनुभव हामीसँग छन् । विशुद्ध सेवा भावका साथ हामीले दुई नगरपालिका रोजेका हौँ । यसमा राजनीतिकरण गर्ने र काम गर्न असहज बनाइदिनुहोला’ अध्यक्ष कुँवरले भने । उनले २०७२ सालको भूकम्पमा संरक्षक घलेको नेतृत्वमा लाप्राकको बस्ती नै बनाइदिएको स्मरण समेत गराए ।

प्रतिक्रिया दिनुहोस्