Logo
Logo

बालुवाटारमा समाजवादी मोर्चाको बैठक


378
Shares

काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक बालुवाटारमा बसेको छ । जारी बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा समाजवादी मोर्चाका नेताहरू सहभागी छन् ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी छन् । मोर्चाका हाल विप्लवले नेतृत्व गरिरहेका छन् । नयाँ गठधन्धन बनेपछि मोर्चाको यो पहिलो बैठक हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000