Logo
Logo

एकभन्दा बढी सङ्गठनमा नबस्न एमाले कोशीकाे चेतावनी


378
Shares

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशले एउटै व्यक्ति एकभन्दा बढी सङ्गठनमा नबस्न निर्देशन दिएको छ । यसअघि नै एउटै व्यक्ति एक भन्दा बढी जनसङ्गठनमा बस्न नपाउने निर्णय गरेको एमाले प्रदेश कमिटीले निर्देशन कार्यान्वयन नभएकाे भन्दै पुन: निर्देशन गरेकाे हो ।

प्रदेश कमिटीले १५ दिनभित्र आफूले रोजेको सङ्गठनमा जान अन्तरपाटी निर्देशन नै जारी गरेकाे छ । निर्देशनमा भनिएको छ, ‘अझै पनि एक व्यक्ति एक भन्दा बढी जन वर्गीय सङ्गठनमा रहेको थुप्रै ठाउँमा सप्रमाण देखिएकोले १५ दिन भित्र आफूले रोजेको एक जनसङ्गठनमा मात्र रहेको जानकारी सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीमा पठाउनु होला ।’

प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले एक व्यक्ति दुई वा सो भन्दा बढी जन वर्गीय सङ्गठनमा रहेको भए एक महिनाभित्र आफूले रोजेर एक जनवर्गीय सङ्गठनमा रहने भनिएको लामो समय भइसक्दापनि कार्यान्वयन नभएकोले १५ दिनको समय दिएर पुनः निर्देशन गरिएको बताए । निर्देशन पालना नगर्ने वा अटेर गर्नेहरूको हकमा प्रदेश कमिटीले आवश्यक निर्णय लिने समेत उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्