Logo
Logo

सिंहदरबारमा प्रचण्ड-ओली भेटवार्ता, समाजवादी मोर्चाबारे छलफल


1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच पछिल्लो समसायिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

नयाँ गठबन्धनबाट सत्ता यात्रा थालेपछि प्रचण्ड र ओलीबीच भेटघाट बाक्लिएको छ । यसैक्रममा आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो । त्यसका लागि मोर्चाले ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।

आजको भेट त्यसकै लागि भएको समेत बताइएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव रहेका छन् । मोर्चाको नेतृत्व विप्लवले गर्दै आएका छन् । मोर्चाका संयोजक विप्लवले पनि ओलीलाई मोचामा सामेल हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्