Logo
Logo

एमाले समाजवादी मोर्चामा सहभागी हुँदैन : ओली


2.4k
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्तापछि पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा भने राम्रो छलफल भएको बताए । ओलीले भने, ‘प्रधानमन्त्रीजीसँग राम्रो कुराकानी भयो समसामयिक विषयमा ।’

यसअघि शुक्रबार बिहान बसेको समाजवादी मोर्चाले एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्