काठमाडौं । फागूपूर्णिमा अर्थात होली पर्व काठमाडौं लगायत पहाडी र हिमाली क्षेत्रका आज हर्षोल्लासपूर्वक मनाइँदै छ ।
आज काठमाडौँसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

एकअर्कामा रङ दलेर खुसीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागू पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । तस्बिर/रासस


















