Logo
Logo

एमाले सचिवालय बैठकमा होलीको रौनक (फोटोफिचर)


756
Shares

काठमाडौं । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् । आइतबार पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक बस्नुअघि एकअर्कामा रङ दलेर खुशी साटासाट गर्दै होली मनाएका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेललगायतका पार्टी पदाधिकारीले एकअर्कामा रङ दलेर होली खेलेका थिए । रंग दल्नुअद्धि लड्डु बाँडिएको थियो । आजको बैठकमा आसन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी र उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000