Logo
Logo

बझाङ १ प्रदेशसभामा दमनबहादुर भण्डारी उम्मेदवार बनाउने निर्णय


567
Shares

काठमाडौं । नेकपा एमालेले बझाङ १ को प्रदेशसभामा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आउने वैशाख १५ गते हुने प्रदेशसभा निर्वाचनमा एमालेले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्