Logo
Logo

जुवातास खेलेको आरोपमा काठमाडौं उपत्यकाबाट २९ जना पक्राउ


504
Shares

काठमाडौं । तासजुवा खेलेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट २९ पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । रानिवन बस्ने गोरखा ताकुकोट–४ घर भएका ३५ वर्षीय सुजन थापासमेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ८ सय २५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
यसैगरी नागार्जुन नगरपालिका–१ रानिवनकै सनराइज हाइटस्थित रिता भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्