Logo
Logo

डिशहोम फाइबर नेटको ‘क्याच द बिग अफर’ सार्वजनिक  


1.3k
Shares

काठमाडौं । इन्टरनेट ल्यान्डस्केपलाई पुनः परिभाषित गर्ने साहसी कदममा, डिशहोम फाइबर नेटले यसको ग्राउन्ड ब्रेकिंग ‘क्याच द बिग अफर’ सुरु गरेको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले अब अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवा सहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्नेछन् ।

१०० एमबीपीएस इन्टरनेट प्याकेज मात्र रु ७ हजार ५ सय २२ मा ग्राहकहरूले १२ महिनाको लागि प्राप्त गर्न सक्छन्, जबकि २०० एमबीपीएस प्याकेजको मूल्य मात्र रु. ७ हजार ७ सय ८८ उही अवधिको लागि रहेको छ भने अझ छिटो गति खोज्नेहरूले मात्र रु. ९ हजार ९ सय १२ मा १२ महिना कै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सक्छन् । यती मात्र नभएर डिशहोम फाइबर नेटले प्रत्येक प्याकेजको साथ निःशुल्क फाइभ–जी राउटर पनि प्रदान गर्दैछ । 

यो अफरको घोषणा नेपाल र आयरल्यान्ड वुल्भ्स बिचको उद्घाटन खेल सँगै कम्पनीले गरेको हो । बजेट–अनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवाहरूमा क्रान्तिकारी परिवर्तन गर्ने डिशहोम फाइबर नेट को प्रतिबद्धतालाई संकेत गर्दछ । 

डिशहोम फाइबर नेटको खेल–परिवर्तन गर्ने प्याकेजहरू आए सँगै, आईएसपि उद्योगमा मूल्य युद्धको युग समाप्त भएको सङ्केत देखाएको छ, जसले सबैका लागि उच्च–गति इन्टरनेट पहुँचको नयाँ युगको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्