Logo
Logo

बिवाह गरेको चार महिनामै श्रीमतीको हत्या, २२ वर्षीय श्रीमान् पक्राउ



काठमाडौं । बाँकेको कोहलपुरमा श्रीमती हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरागरी बस्दै आएका २२ वर्षीय अनिल बिकलाई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

बर्दियाको बाँसगढी– ४ घर भइ हाल कोहलपुर– १४ मा बस्दै आएका बिकले गएराति १० बजे २१ वर्षकी श्रीमती सुशीला सुनारलाई धारिलो हतियारले ढाडमा प्रहार गरी घाइते बनाएका थिए । गम्भीर अवस्थाकी सुशीलाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

उनीहरुको चार महिनाअघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ । अनिललाई अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए । प्रहरीले उनीहरुको डेराबाट रगत लागेको धारिलो हतियार पनि बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी डाँगीले बताए ।

प्रतिक्रिया दिनुहोस्