Logo
Logo

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध



काठमाडौं । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएको भारतले अब यसलाई अनिश्चितकालका लागि लम्बाएको हो ।

भारतीय व्यापारीहरुले यसअघि प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि स्थानीय मूल्य आधाभन्दा बढी घटेको र यस सिजनको बालीबाट नयाँ आपूर्ति आउन थालेकाले प्रतिबन्ध खुल्ने अनुमान गरेका भएपनि भारत सरकारले गत शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नआएसम्मका लागि प्रतिबन्ध यथावत रहने जनाएको हो ।

भारतमा हुने लोकसभा निर्वाचन अघि सरकारले स्थानीय बजारमा कुनै समस्या आउन नदिन प्रतिबन्ध यथावत राखेको विश्लेषण गरिएको छ । भारतका केहि थोक बजारमा प्याजको मूल्य डिसेम्बरमा प्रतिकिलो ४५ भारु सम्म झरेको थियो । बंगलादेश, मलेसिया, नेपाल र युएई जस्ता देशहरू प्याजमा भारतमाथि निर्भर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्