Logo
Logo

स्थगित संवाद यात्रा बिहीबारबाट पुनः सुरु गर्दै गगन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । माघ २३ मा स्थगित भएको संवाद यात्रा थापाले बिहीबारबाट पुनः सुरु गर्न लागेका हुन् ।

१३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । स्थगित हुनु अघि महामन्त्री थापाले १३ जिल्लामा संवाद यात्रा गरेका थिए । अब उनले चैत १५ गतेदेखि हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्नेछन् ।

१५ चैतबाट हुने अभियान रोकिएकै स्थानबाट सुरु हुने महामन्त्री थापा निकट नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले जानकारी दिए । जसमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्