Logo
Logo

हाम्रो नेपाली पार्टीद्वारा बागमती सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा) ले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्यले जानकारी दिए ।

बागमती प्रदेश सरकार गठनका लागि निर्णायक भूमिकामा देखिएको हानेपाले बागमतीमा बार्गेनिङ बढाएको छ । प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएदेखि नै माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको हानेपाले अप्ठेरो परिस्थितीमा थप बार्गेनिङ गरेको हो ।

१४ महिनादेखि मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको हानेपाले गठबन्धन परिवर्तन भएसँगै मुख्यमन्त्रीकै दाबी गरेको छ । उसले मुख्यमन्त्रीको दाबी बलियो पार्नका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

यद्यपी आफूहरु सत्ता पक्षमा बस्न नचाहेको कारण समर्थन फिर्ता लिएर प्रतिपक्षी दलको भूमिकामा रहन चाहेको दलका नेता बज्रचार्यको दाबी छ । बागमती प्रदेश सभामा हानेपाको दुई सिट छ ।

प्रतिक्रिया दिनुहोस्