Logo
Logo

सुनकोशीमा वेपत्ता एक बालकको शव फेला


441
Shares

काठमाडौं । होली खेलेर सुनकोशी नदीमा नुहाउन पसेका ३ जना बालबालिका मध्ये एक बालकको शव फेला परेको छ ।
प्रहरीका अनुसार धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ९ वर्षीय रिदम मगरको शव फेला परेको हो ।

सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

घटाना भएको दिन साँझदेखि मंगलबार मध्यान्हसम्म सशस्त्र प्रहरी बलको गोताखोरेले बालबालिकालाई खोजी गरिरहेको भएपनि थप २ जनालाई अझै फेला पार्न नसकिएको पोखरेलले जानकारी दिए ।

अहिले घटनास्थलभन्दा तल सम्भावित ठाउँहरुमा सुरक्षा टोली पठाएर खोजी भएको छ । हाल शव फेला नपर्नेहरुमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्