Logo
Logo

कोशी टप्पु लगिएको गैँडा बिरामी भएपछि फेरि चितवन ल्याइँदै


252
Shares

चितवन । कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको गैँडा ‘मेघौली’ बिरामी भएपछि उपचारका लागि चितवन फिर्ता ल्याइने भएको छ । 

चैत १० गते स्थानान्तरण गरिएको गैँडालाई उपचार गर्न चितवन ल्याउन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी श्यामकुमार शाहले जानकारी दिए ।

‘स्थानान्तरण गरेपछि ऊ त्यहाँ राम्ररी रहन सकेन । चर्न छाड्यो, धेरै परसम्म पुग्यो,’ शाहले भने, ‘ट्रकमा खोरभित्र राखेर लामो बाटो लैजाँदा गाह्रो पनि भयो होला। त्यहाँ लगिसकेपछि पनि थप चोट लागेछ । उसलाई तत्काल उपचार आवश्यक भएकाले फर्काउन लागिएको शाहले बताए ।

चैत ११ गते इन्क्लोजरभित्र राख्दा भित्तामा हानेर गैँडाको शरीरमा चोट लागेको छ । इन्क्लोजरबाट बाहिर निकाल्दा चर्न नमानेको र धेरै पर पुगेको थियो । शाहले सौराहामा वन्यजन्तु अस्पताल रहेकाले उपचार गर्न सहज होस् भनेर यहाँ फिर्ता गर्न लागेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्