Logo
Logo

मधेसी एकता समाज कतारले मनायो होली



काठमाडाैं । मधेसी एकता समाज कतारले राजधानी दोहामा होली महोत्सव धूमधामका साथ मनाएको छ ।  तराई मधेस मा होली मनाइएको दिनको अवसर पारेर एकता समाजले परम्परागत तरिकाले रङ्गहरूको पर्व मनाएको हो । 

मुस्लिमहरूको पवित्र रमजान महिना अहिले जारी रहेकोले होलीसँगै उनीहरूले इफ्तार कार्यक्रम समेत राखेका थिए ।  होली कार्यक्रमको मुख्य आकर्षणको रुपमा उनीहरूले एक अर्कालाई रंग अबिर दलेर शुभकामना आदानप्रदान गरेका थिए ।

यस्तै उनीहरूले परम्परागत बाजाको तालमा जोगिरा र होली गीत गाएका थिए । त्यस अवसरमा मालपुवा, पुरी, तरकारी, चटनी र तरुवा लगायका मधेसका परिकार उनीहरूले पकाएर खाएका थिए ।   

एकता समाज कतारका अध्यक्ष शिवकुमार महतोले होली कार्यक्रमको अध्यक्षता गरेका थिए । महासचिव चन्द्रवीर यादवले कार्यक्रम संचालन गरेका थिए । मनिष यादव, लालबाबु साह, तेजीलाल मण्डल, विशेश्वर यादव, चन्द्रवीर यादवले सबै अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए ।

मधेसी एकता समाजका संस्थापक एवं अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रवीन्द्र कुमार यादवले होलीको शुभकामना दिँदै समाजलाई अझ सुदृढ आग्रह गरे ।

कार्यक्रममा पवन ठाकुर, अभय ठाकुर, गौतम शर्मा, राम हृदय साह, कमलेश महतो, गंगा यादव, सञ्जीव साह, राजा साह, श्याम साह, धर्मेन्द्र गुप्ता, मनिष गोस्वामी, जयप्रकाश यादव लगायतका कतारमा रहेका मधेसीसँग सम्बन्धित विभिन्न संस्थाहरूको व्यक्तिहरूको रँगारँग कार्यक्रममा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्