Logo
Logo

पाल्पामा एक किशोरी मृत फेला, हत्याको आशङ्का



पाल्पा । पाल्पामा एक किशोरी मृत फेला परेका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका–१ ख्याहामा स्थानीय १८ वर्षीय किशोरी पद्मा विश्वकर्मा मङ्गलवार बेलुका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । 

बिहान ९ बजेतिर नुहाउन गएका उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी भन्ने स्थानमा किशोरी मृत अवस्थामा फेला परेका थिए ।

प्रवक्ता श्रेष्ठले धारितो हतियार प्रयोग भएको देखिएकाले हत्याको आशङ्का रहेको जनाए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्